खेलकुद

इन्टर मियामी युएस ओपन कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी युएस ओपन कपको फाइनलमा पुगेको छ ।

विहिबार विहान सम्पन्न सेमिफाइनल खेलमा इन्टर मियामीले सिनसिननाती क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवैले १-१ गोल गरेपछि खेल ३-३ खेलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

यस खेलमा इन्टर मियामीले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्किएको थियो । इन्टर मियामीका लागि लियोनेल मेसीले दुई गोल असिस्ट गरेका थिए भने दुई गोल लिओनार्दो काम्पानाले गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल जोसेफ मार्टिनेजले गरेका थिए ।

पेनाल्टी सुटआउटमा इन्टर मियामी ५-४ ले विजयी भएको थियो ।

अब फाइनलमा इन्टर मियामीले हटसन डाइनामो र रियल साल्ट लेकबीचको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *