खेलकुद

पीएसजीबाट साउदीको हिलाल क्लबमा सरेका नेयमारको पारिश्रमिक कति ?

काठमाडौं।ब्राजिलका स्टार फुटबर नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट साउदी अरेबियाको क्लब अल हिलालमा सरेका छन् ।

हिलालले जारी गरेको एक भिडिओमा नेयमार ‘म साउदी अरेबिया आएँ’ भनेका छन् ।

नेयमार हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् । हिलालले नेयमारलाई वार्षिक १५० मिलियन डलर पारिश्रमिक दिने भएको छ ।

दुई वर्षमा नेयमारले अल हिलालबाट ३०० मिलियन डलर पारिश्रमिक पाउने छन् । उनले हिलालमा हरेक साता २.८८ मिलियन डलर कमाउने छन् ।

उनले यस अवधिमा अन्य कमर्सियल डिलबाट थप सय मिलियन डलर कमाउन सक्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *