विश्व

भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो

नयाँ दिल्ली।भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

‘अहिलेसम्म करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्छ,’ हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भने ।

हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सुरु भएदेखि नै भारी वर्षा भइरहेको छ । सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा पर्दा ३० देखि ३५ जना फसेको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले बताएका छन् ।

घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी रहेको छ । सरकारले उपलब्ध गराएको विवरण अनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ भने ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *