खेलकुद

गेटाफेसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले औसत शुरुवात गरेको छ ।

गएराती सम्पन्न सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएसँगै सिजनको औसत शुरुवात गरेको हो ।

गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोना र गेटाफेका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । बार्सिलोनाका राफिन्हाले खेलको ४२औँ मिनेटमा रातो कार्ड पाएका थिए भने गेटाफेका जैमी माटाले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ५७औं मिनेटमा मैदान छोडेका थिए ।

त्यस्तै यस खेलमा बार्सिलोनाका प्रशिक्षक जाभीले पनि खेलको ७०औ मिनेटमा रातो कार्ड पाएका थिए ।

ला लिगा अन्तर्गत अब बार्सिलोनाले अर्को खेल अगस्त २० मा काडिजविरुद्ध खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *