समाचार

एकै वर्षमा ५० हजार अमेरिकी नागरिकले गरे आत्महत्या

काठमाडौं।अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्यांकले आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।

सन् २०२२ मा ४९ हजार ४४९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तथ्यांकले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्यांकले पनि त्यसैलाई पुष्टि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *