खेलकुद

बायर्न म्युनिखले गर्यो ह्यारी केनलाई भित्र्याएको औपचारिक घोषणा

काठमाडौँ । इङल्याण्डका फरवार्ड ह्यारी केनले अन्तत: टोटनह्याम छोडर जर्मन च्याम्पियन बायर्न म्युनिखमा गएका छन् । बायर्न म्युनिखले केनलाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।

मिडिया रिपोर्टका अनुसार बायर्नले केनका टोटनह्यामलाई सय मिलियन युरो तिरेको छ । केनलाई बायर्नले बार्षिक करिब ३२ मिलियन डलर पारिश्रमिक दिने छ ।

३० बर्षिय केनलाई भित्र्याउन बायर्नले पछिल्ला महिनाहरुमा निकै प्रयास गरिरहेको थियो । यसअघि पटक पटक बायर्नले दिएको अफरलाई टोटनह्यामले अस्वीकार गर्दै आएको थियो ।

केनले बायर्नमा २०२७ सम्मका लागि सम्झौता गरेका छन् । बायर्नमा औपचारिक घोषणा पछि केनले एक भिडियो सन्देस जारी गर्दै टोटनह्याममा आफ्नो समय पुरा भएको बताएका छन् । उनले ११ बर्षको उमेरदेखि टोटनह्यामसँग आवद्ध रहेको बताउदै यस अवधिमा क्लबमा धेरै सम्झन लायक क्षण बिताएको उल्लेख गरेका छन् ।

ह्यारी केन आफ्नो क्यारियरको शुरुवातदेखि नै टोटनह्यामसँग आवद्ध रहेका छन् ।उनले २०१० देखि अहिलेसम्म टोटनह्यामबाट खेलिरहेका छन् । यस बिचमा उनी २०१० देखि २०१३ सम्म भने लोनमा विभिन्न क्लबबाट खेलेका थिए ।

उनले टोटनह्याममा अहिलेसम्म ४३५ खेलमा २८० गोल गरेका छन् । लामोसमय टोटनह्याममा खेलेपनि उलेख्य उपाधि जित नसकेपछि केनले क्लब छोड्ने निष्कर्षमा पुगेका थिए । टोटनबाट केन अहिलेसम्म २०१८-१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए भने दुई पटक लिग कपको उपविजेता बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *