खेलकुद

डेनमार्कलाई हराउदै अस्ट्रेलिया विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । आयोजक अस्ट्रेलिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

सोमबार राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

अस्ट्रेलियाको जितमा हेले रासो र कैटलिन फोर्डले एक एक गोल गरेका थिए ।

यो हारसँगै डेनमार्कको विश्वकप यात्रा भने समाप्त भएको छ । अब अस्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *