खेलकुद

इत्तिहादलाई हराउदै अल हिलाल सेमिफाइनलमा

काठमाडौँ । अल हिलाल अरब क्लब च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल इत्तिहादलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अल हिलालको जितमा मालकम, सलेम अल्दावसारी र सेर्गेज मिलिनकोभिक साभिकले एक एक गोल गरेका थिए ।

त्यस्तै अल इत्तिहादका लागी रोमारिन्होले एक गोल गरेका थिए । करिम बेन्जमा जस्ता स्टार खेलाडीले भरिएको इत्तिहाद यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । बेन्जमाले यस खेलमा आफ्नो प्रभाव देखाउन सकेनन् ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा कतारी क्लब अल सडलाई ४-२ ले पराजित गर्दै इराकी क्लब अल शोर्टा सेमिफाइनलमा पुगेको छ ।

अरब क्लब च्याम्पियनसिप अन्तर्गत आज राति अल नासर र मोरक्कोको क्लब तथा अरब क्लब च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन राजा सिएबीच खेल हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *