खेलकुद

मेसीको दुई गोलमा इन्टर मियामीको जित

काठमाडौँ । इन्टर मियामी एमएलएसको लिग कपको राउण्ड १६ मा पुगेको छ ।

लियोनेल मेसी प्रेरित इन्टर मियामीले विहिबार सम्पन्न खेलमा ओरल्याण्डो सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए । मेसीले खेलको सातौं र ७२औं मिनेटमा गोल गरेका थिए । इन्टर मियामीमा मेसीको तेस्रो खेलमा ५ गोल गरेका छन् ।

त्यस्तै जोसेफ मार्टिनेजले एक गोल गरेका थिए । त्यस्तै ओर्लान्डोका लागि सेजार अराउजोले एक गोल गरेका थिए ।

अब राउण्ड १६ मा अब इन्टर मियामीले एफसी डल्लासको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *