खेलकुद

ब्राजिल महिला विश्वकपको समुह चरणबाटै बाहिरियो

काठमाडौँ । ब्राजिल जारी महिला फुटबल विश्वकपबाट बाहिरिएको छ ।

बुधबार सम्पन्न खेलमा ब्राजिल जमैकासँग गोलरहित बराबरीमा रोकिएसँगै समुह एफमा तेस्रो स्थानमा रहदै विश्वकपबाट बाहिरिएको हो । ब्राजिल सन् १९९५ पछि पहिलो पटक समुह चरणबाटै बाहिरिएको हो ।

ब्राजिलको ३ खेलमा ४ अंक रहेको छ । त्यस्तै ब्राजिललाई गोलरहित बराबरीमा रोक्न सफल जमैका भने समुहमा दोस्रो हुदै विश्वकपको राउण्ड १६ मा पुगेको छ । जमैकाको ३ खेलमा ५ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *