विश्व

भारतमा चलिरहेको रेलमाथि गोली प्रहार हुँदा ४ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा चलिरहेको रेलमाथि गोली प्रहार हुँदा चारजनाको मृत्यु भएको छ। सोमबार बिहान जयपुरबाट मुम्बई जाँदै गरेको रेलमाथि रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली प्रहार गरेका हुन्।

ती जवानलाई पक्राउ गरी घटनाबारे सोधपुछ भइरहेको रेलवे सुरक्षा बलले जनाएको छ। घटनामा रेलवे सुरक्षा बलका एकजनासहित ४ जनाको मृत्यु भएको हो।

महाराष्ट्रको पालघर भन्नेमा ती जवानले गोली चलाएको भारतीय मिडियामा समाचार छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *