खेलकुद

महिला विश्वकपमा हारबाट जोगियो अर्जेन्टिना

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रीकाबीचको खेल बराबरीमा रोकिएको छ ।

शुक्रबार विहान सम्पन्न खेलमा २-० गोलले पछि परेको अर्जेन्टिनाले खेलमा कम ब्याक गर्दै खेल बराबरी गरेर हारबाट जोगिएको हो ।

दक्षिण अफ्रीकाका लागि लिन्डा मोतिहालो र थेम्बी क्गाटलानाले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि सोफिया ब्राउन र रोमिना नुनेजले एक एक गोल गरेका थिए ।

जारी विश्वकपमा पहिलो खेल हारेका अर्जेन्टिना र दक्षिण अफ्रिकाले दोस्रो खेलमा बराबरी रोकिएपछि अब अर्को राउण्डमा पुग्ने सम्भावना कठिन देखिएको छ । अब दुवैले आफ्नो अन्तिम खेलमा जित हासिल गर्नै पर्ने भएको छ ।

दुवैको २-२ खेलमा एक एक अंक भएको छ । त्यस्तै समुह जीमा स्विडेन ३ अंक सहित शिर्ष स्थानमा छ भने इटाली पनि ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *