खेलकुद

इन्टर मियामीको जितमा मेसीको दुई गोल

काठमाडौँ । अमेरिकन क्लब इन्टर मियामीले लिग कप अन्तर्गतको खेलमा एटलान्टा युनाइटेडलाई पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा इन्टर मियामीले एटलान्टा युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने दुई गोल रोबेर्ट टेलरले गरेका थिए । यस खेलमा मेसीले एक गोल असिस्ट समेत गरेका थिए । इन्टर मियामीमा दोस्रो खेलमा मेसीले तीन गोल गर्दै शानदार शुरुवात गरेका छन् ।

यस खेलमा खेलको ८४औं मिनेटमा इन्टर मियामीका क्रिस्टोफर म्याकभेले रातो कार्ड पाएर मैदान छोडेका थिए ।

यो जितपछि इन्टर मियामीले जारी लिग कपमा लगातार दोस्रो जित हासिल गर्दै राउण्ड ३२ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अब इन्टर मिलानले अर्को खेल अगस्त २१ मा एमएलएस अन्तर्गत चार्लोट्टेविरुद्ध खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *