खेलकुद

चलेन नेपालको ब्याटिंग, १० ओभरमा आधा टिम आउट

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध खराब शुरुवात गरेको छ ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १० ओभरको खेल सकिदा आधा टिम आउट भएको छ ।

१० ओभरमा नेपालले ५ विकेट गुमाएर केवल ३७ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन बनाएर आउट भए भने भीम सार्की ४ रन र कुशल मल्ल शुन्यमा आउट भए ।

भारतीय बलर राजवर्धन हंगारगेकरले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *