खेलकुद

नेदरल्याण्डस्ले दियो ओमानलाई विशाल लक्ष्य

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत नेदरल्याण्डस्ले ओमानलाई ३६३ रनको लक्ष्य दिएको छ ।

हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित ४८ ओभरको खेलमा ७ विकेट गुमाएर ३६२ रन बनायो ।

नेदरल्याण्डस्का लागि विक्रमजित सिंहले शतकिय पारि खेले । उनले १०९ बलमा ११० रन बनाए । यस्तै वेस्ली ब्यारेसीले ६५ बलमा विस्फोटक ९७ रन बनाए ।

बस दि लिदी ३९, म्याक्स ओ डुड ३५ र सक्युव जुलिफिकरले ३३ रन बनाए । ओमानका लागि बलर विलाल खानले ३ विकेट लिए ।

महोम्मद निदिमले २ विकेट लिए । यस्तै फयज बट र आयन खानले एक–एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *