खेलकुद

नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो ।

सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए ।

नेपालका कात्तिक कामतले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *