खेलकुद

जिम्बाबेमाथि श्रीलंकाको सहज जित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत आज भएको खेलमा श्रीलंकाले जिम्बाबेलाई ९ विकेटले पराजित गरेको छ ।

जिम्बोबेले दिएको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३३.१ ओभरमा एक विकेटको क्षतिमा १६९ रन बनायो ।

श्रीलंकाका लागि पथुम निसानकाले शतकिय पारि खेले । उनले १०२ बलमा अविजित १०१ रन बनाए ।

यस्तै कुशल मेन्डीसले अविजित २५ तथा दिमुथ करुनारत्नेले ३० रन बनाए । जिम्बोबेका लागि रिचर्ड शिपले एक विकेट लिए ।

यसअघि वुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बोबे ३२.२ ओभरमा १६५ रनमा अलआउट भएको थियो ।

जिम्बोबेका लागि सेन वीलियम्सले ५६ रन बनाए । यस्तै सिकन्दर राजा ३१, कप्तान क्रेग एर्विन र ब्राड एभान्सले समान १४–१४ रन बनाए ।

जिम्बोबेलाई सस्तैमा समेट्न श्रीलंकाका लागि महेष थेक्सनाले ४ विकेट लिए । दिलशान मदुशंका ३, दासुन शनाका २ र मथीशा पाथिरानाले एक विकेट लिए । यो जितसँगै श्रीलंकाले ८ अंक बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *