मुख्य समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त

काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले उनलाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

हालका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय तानिएको छ । ढुंगाना प्रधानमन्त्री कार्यलयमा थिए । यसअघि उनी वीरगञ्ज भन्सार प्रमुख थिए । ढुंगाना कर्मचारी प्रशासनभित्र चल्तापुर्जा सहसचिवका रुपमा परिचित छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचज्ञण्ड’ को निजी सचिव पनि थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *