खेलकुद

साफ च्याम्पियनसिपमा कुवेतको लगातार दोस्रो जित

काठमाडौँ । जारी साफ च्याम्पियनसिप अन्तर्गत कुवेतले लगातार दोस्रो जित हासिल गरको छ ।

शनिबार सम्पन्न खेलमा कुवेतले पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

कुवेतको जितमा मुबारक अल फानेनीले दुई गोल गरेका थिए भने हसन अल एनेजी र इद नासेर अल राशेदीले एक एक गोल गरेका थिए ।

यो जितपछि कुवेतको २ खेलमा ६ अंक भएको छ र समुह ए मा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पाकिस्तानले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *