खेलकुद

सुनिलको ह्याट्रिकमा पाकिस्तानमाथि भारतको फराकिलो जित

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा सुनिल क्षेत्रीले ह्याट्रिक गरेका थिए । सुनिलले पहिलो हाफमा दुई गोल गरेका थिए भने दोस्रो हाफमामा एक गोल गरेका थिए । त्यस्तै चौथो गोल उदान्ता खुमामले गरेका थिए ।

समुह ए मा रहेको भारतले ३ अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह ए को कुवेतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *