खेलकुद

श्रीलंकाले युएईलाई दियो ३५६ रनको लक्ष्य

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत श्रीलंकाले युएईलाई ३५६ रनको लक्ष्य दिएको छ ।

समुह बी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३५५ रन बनाएको हो ।

श्रीलंकाका लागि कुशल मेन्डीसले सर्बाधिक ७८ रन बनाए भने साडीरा समाराविक्रमाले ७३, पथुम निसाकाले ५७, डिमुथ करुनारत्नेले ५२, चरिथ असलंकाले अविजित ४८ र वनिन्दु हसरंगाले २३ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलरअलि नासीरले २ विकेट लिए भने रोहन मुस्तफा, आयान खान र बसिल हमीदले एक एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *