विश्व

उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

सिओल। अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी उतारेको छ ।

उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ ।

त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा फेरि क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।
दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *