काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट क्वालिफायर अघिको अन्तिम वार्मअप खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको ओमानले ४९.२ ओभरमा अल आउट हुदै २६७ रन बनाएको हो ।
ओमानका लागि कप्तान जीशान मक्सूदले शतकीय पारी खेलेका थिए । मक्सूदले १०८ रन बनाएका थिए । त्यस्तै आयान खानले ५६ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै करण केसी र प्रतिस जिसीएल एक एक विकेट लिएका थिए ।




