काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिगमा अन्सोल्ड भएका छन् ।
अहिले जारी खेलाडी ड्राफ्टमा सन्दीपलाई कुनै टिमले लिएनन् । खेलाडी ड्राफ्टमा सन्दीपको न्युनतम मुल्य ३० हजार डलर रहेको थियो ।
लंका प्रिमियर लिगको चौथो संस्करण आगामी जुलाई ३० देखि २२ अगस्तसम्म हुदै छ ।
लंका प्रिमियर लिगमा कोलम्बो स्ट्राइकर्स, दाम्बुला औरा, गली टाइटन्स, जाफ्ना किंग्स र बि-लाभ क्यान्डी गरी पाँच टिम खेल्दै छन् ।
सन्दीप आजै विहान सम्पन्न क्यानडामा हुने ग्लोबल टी-२० का लागि भने सर्रे जगुअर्समा छनौट भएका थिए । सन्दीपसँगै दिपेन्द्र पनि ग्लोबल टी-२० खेल्ने भएका छन् । उनलाई मोन्टरियल टाइगर्सले छनौट गरेको हो ।
सन्दीप यसअघि पनि दुई पटक ग्लोबल टी-२० खेलिसकेका छन् भने दिपेन्द्र भने पहिलो पटक कुनै पनि विदेशी लिगमा छनौट भएका छन् ।




