काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता रहेको बताउदैँ उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको उल्लेख गरे । मन्त्री बस्नेतले निजी अस्पतालहरुले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल बन्द हुने अवस्था सिर्जना हुने बताएका छन् ।
अहिले स्वास्थ्य बिमा प्रभावकारी बनाउनका लागि विज्ञता हासिल गरेको मान्छेको आवश्यक रहेकाले अहिले त्यही प्रक्रियामा लागेको उनको भनाइ छ । अहिलेसम्म स्वाथ्य बिमा विज्ञता हासिल गरेको मान्छे नपाएको उनले बताए ।




