खेलकुद

अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई दियो एक सय ३६ रनको लक्ष्य

काठमाडौं। विश्वकपको ग्लोबल छनोटको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३६ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ३५ रनको मात्रै योगफल बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे। कुशलले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै ३६ बलमा पाँच चौकासहित २८ रन बनाएर पभिलियन फर्किँदा कुशल भुर्तेलले १६ रन जोडे।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेकनन्।

बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले सर्वाधिक तीन-तीन विकेट लिए। नेपालले अर्को अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्ने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *