समाचार

जसपाबाट जितेका गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी

काठमाडौं । ओखलढुंगा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले अमेरिकी राहदानी प्रयोग गर्ने गरेको खुलेको छ । अमेरिकी नागरिकता परित्यागविनै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अदालतमा रिट निवेदन परेको थियो। उच्च अदालत विराटनगरले १५ दिनभित्र सक्कल कागजात पेस गर्न आदेश दिएको छ । उनी उपेन्द्र यादव नेतृत्वको जसपाबाट एक वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएका थिए ।

‘विपक्षी गम्बु शेर्पाले अमेरिकी पासपोर्ट प्रयोग गरी नेपाल आउने–जाने गरेको र हाल पनि अमेरिकी नागरिकका रूपमा नेपालमा बसोवास गरेकोसम्बन्धी सम्पूर्ण दस्ताबेज अध्यागमन विभागमा रहेको भन्ने उल्लेख भएको हुँदा सो कागजातहरू अध्यागमन विभागबाट १५ दिनभित्र झिकाउनू।

विपक्षीको नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपि र सोसँग सम्बन्धित दस्ताबेज एवं अमेरिकी नागरिकता त्याग गरेको भए सोको निस्सा पेस गरेको दस्ताबेज १५ दिनभित्र झिकाउनू,’ आदेशमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *