खेलकुद

नेपालले आज स्कटल्याण्डविरुद्ध अभ्यास खेल खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ ।

नेपाली क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि अहिले दक्षिण अफ्रिका रहेको छ ।

आजको स्कटल्याण्डविरुद्धको अभ्यास खेल अपरान्ह सवा १ बजेदेखि शुरु हुने क्यानले जनाएको छ ।

नेपाली टिमसँग प्रशिक्षक मोन्टी देसाई भने अझै पुग्न सकेका छैनन् । भिसा समस्याका कारण उनी अहिले भारतमै रहेको बताइएको छ । देसाईको भिसा समस्या छिटो समाधान नभएमा क्यानले उनलाई सिधै जिम्बाबे पठाउने तयारी समेत गरेको बुझिएको छ ।

दक्षिण अफ्रिकामा रहदा नेपालले आज स्कटल्याण्डसँग र जुन २६ मा नेदरल्याण्डससँग अभ्यास खेल खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *