खेलकुद

मछिन्द्रविरुद्ध पुलिसको जित

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

च्यासल मैदानमा आइतबार पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे । उनले खेलको ७५ औं र ८१ औं मिनेटमा गोल गरेका छन् ।

मछिन्द्रका आफिज ओलावालेले खेलको २७ औं मिनेटमा एक गोल गरे ।

पुलिसको यो ११ औं जित हो । पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस हारले मछिन्द्रको उपाधि होडमा धक्का पुगेको छ । मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *