खेलकुद

१४ वर्षपछि बेन्जेमाले छाडे मड्रिड

काठमाडौं । फ्रेञ्च फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिड छाडेका छन् ।

फ्रान्स राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर बेन्जेमाले यो सिजनको अन्त्यबाट क्लब छाड्न लागेकाे क्लबले पुष्टि गरेको छ।

सन् २०००९ मा फ्रेन्च क्लब लायनबाट मड्रिडमा आवद्ध भएका बेन्जेमाले मड्रिडका लागि ६५७ खेलमा ३ सय ५३ गोल गरेका छन् । उनले क्लबका लागि १ सय ६५ ‘असिस्ट’ समेत गरेका छन् ।

उनी रियलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् ।

मड्रिड छाड्ने निर्णय गरेका बेन्जेमाले साउदी अरेवियाको प्रो लिग क्लब अल-इतिहादबाट खेल्ने चर्चा चलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *