समाचार

सीमा समस्या समाधान गर्छौं- मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा समस्या समाधान गर्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पक्षीय कूटनीतिबाट सीमा समस्या सम्बोधन गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरेको बताएका छन् ।

तर यस बारेमा बिस्तृत जानकारी भने दुवै प्रधानमन्त्रीले दिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *