समाचार

युक्रेनले रुसीहरूलाई तर्साउन खोज्यो- पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् ।

‘हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ । उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको छ,’ पुटिनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *