खेलकुद

भल्लाडोलिड बार्सिलोनालाई हरायो

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ । यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोना गएराती सम्पन्न खेलमा भल्लाडोलिडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

भल्लाडोलिडको जितमा किल लारिन र गोन्जालो प्लाटाले एक एक गोल गरे भने एक गोल बार्सिलोनाका आन्द्रेज क्रिस्टियनसेनले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

बार्सिलोनाको लिग जितेकोको यो लगातार दोस्रो हार हो । यसअघि रियल सोसियडाडसँग २-१ गोल अन्तरले पराजित भयेको थियो ।

बार्सिलोनाको लिगमा ३६ खेलमा ८५ अंक रहेको छ । त्यस्तै यो जितपछि भल्लाडोलिडको ३६ खेलमा ३८ अंक भएको छ र रेलिगेसन जोनबाट बाहिर १७औं स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *