खेलकुद

काभा वुमन्स भलिबल नेपालको दोस्रो खेल, भारतसँग पराजित बंगलादेशसँग भिडदै

काठमाडौं । काभा वुमन्स भलिबल च्यालेन्ज कप- २०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

हिजोवाट सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बंगलादेशसँग प्रस्पिर्धा गर्दैछ ।

सोमवार देखी जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरको नेपालले आज भारतसँग पराजित भएर आएको बंगलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो ।

समुह एमा रहेको नेपाल बंगलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रन लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *