खेलकुद

साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले जित्यो भारतीय महिला लिग

काठमाडौँ । नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले भारतीय महिला लिग (आइडब्लुएल) को उपाधि जितेको छ ।

आइतबार केरलाले फाइनलमा किकस्टार एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो उपाधि जितेको हो ।

नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टारलाई पराजित गर्नेक्रममा साम्बाले शानदार प्रदर्शन गरेकी थिइन् ।

फाइनल खेलमा साम्बाले एक गोल र २ गोल असिस्ट गरेकी थिइन् ।

गोकुलमले यसअघि सन् २०१९/२० र २०२१-२२ को सिजन लगातार उपाधि जितेको थियो । २०२०/२१ मा भने कोभिड-१९ को कारण आइडब्लुएल हुन सकेको थिएन । साम्बाले घुँडाको चोटका कारण २०२१/२२ को सिजन गुमाउन पुगेकी थिइन् ।

साम्बाले भारतीय महिला लिगमा २९ गोल गर्दै लिगमा सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *