काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल सोसियडाडको जितमा मिकेल मेरिनो र अलेक्जन्डर सोरिओथले एक एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।
बार्सिलोनाले यस सिजनको स्पेनिस लिगको उपाधि जितिसकेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको यस खेलपछि बार्सिलोनाले ला लिगाको उपाधि ग्रहण गरेको थियो ।
बार्सिलोनाको ३५ खेलमा ८५ अंक रहेको छ । त्यस्तै रियल सोसीय डाडको भने ३५ खेलमा ६५ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।




