काठमाडौँ । म्यानचेस्टर सिटीले ईङलिश प्रिमियर लिगको उपाधि जितेको छ ।
गएराती दोस्रो स्थानमा रहेको आर्सनल नोट्टीघम फरेष्टसँग १-० गोल अन्तरले पराजित भएपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको हो ।
म्यानचेस्टर सिटीले ३ खेल अघि नै यस सिजनको उपाधि जितेको छ ।
सिटीको अहिले ३५ खेलमा ८५ अंक रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८१ अंक रहेको छ ।
म्यानचेस्टर सिटीले पछिल्ला ६ सिजनमा आफ्नो पाँचौं प्रिमियर लिग उपाधि जितेको छ । सिटीले लगातार तेस्रो सिजन प्रिमियर लिगको उपाधि जितेको छ ।
प्रिमियर लिगको इतिहासमा सिटीको यो सातौं उपाधि हो । सिटी अहिलेसम्म ३ पटक उपविजेता बनेको छ ।
प्रिमियर लिगमा सबै भन्दा बढी उपाधि जित्ने रेकर्ड भने म्यानचेस्टर युनाइटेडको नाममा रहेको छ । युनाइटेडले अहिलेसम्म १३ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक २०१२-१३ मा प्रिमियर लिग जितेको युनाइटेडले त्यस यता भने उपाधि जित्न सकेको छैन ।




