खेलकुद

विराटको शतकमा बैंगलोर विजयी, प्लेअफको सम्भावना कायमै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।

सनराइजर्सले दिएको १८७ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

बैंगलोरको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६३ बलमा १०० रन बनाएर आउट भएका थिए । विराटले आइपिएलमा बनाएको यो छैटौं शतक हो । उनले क्रिस गेलले बनाएको ६ शतकको रेकर्डको बराबरी गरेका छन् ।
त्यस्तै कप्तान फाफ डु प्लेसिसले ७१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिच क्लासेनले शतकीय पारी खेलेका थिए । क्लासेनले ५१ बलरमा १०४ रन बनाएका थिए । त्यस्तै ह्यारी ब्रुकले २७, कप्तान एडेन मार्क्रमले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन बनाएका थिए ।

त्यसैगरी मिचेल ब्रासवेलले २ विकेट लिए भने मोहमद सिराज, शहबाज अहमद र हर्षल पटेलएल एक एक विकेट लिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलोरको १३ खेलमा १४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । यो जितपछि बैंगलोरको प्लेअफको सम्भावना कायमै रहेको छ ।

त्यस्तै प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको यस सिजनमा यो नवौं हार हो । सनराइजर्सको १३ खेलमा ८ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *