खेलकुद

ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छ । आज दुई खेल अपराह्न तीन बजेदेखि हुदै छ भने एक खेल साँझ ६ बजेदेखि हुदै छ ।

आज दशरथ रंगशालामा ३ बजेदेखि खुमलटार क्लब र त्रिभुवन आर्मीबीच खेल हुदै छ । जारी लिगमा खुमलटारको १८ खेलमा १७ अंक रहेको छ भने त्रिभुवन आर्मीको १८ खेलमा २५ अंक रहेको छ ।

त्यसैगरी एन्फा कम्प्लेक्समा ३ बजेदेखि नै हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच अर्को खेल हुदै छ । जारी लिगमा हिमालयन शेर्पाको १८ खेलमा २२ अंक छ भने एपीएफ क्लबको १८ खेलमा २२ अंक नै रहेको छ ।

त्यस्तै गरि दशरथ रंगशालामा साँझ ६ बजेदेखि चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेल हुने छ । जारी लिगमा चर्च ब्वाइज १८ खेलमा ३३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस क्लबको १८ खेलमा २२ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *