खेलकुद

सेभियासँग हारबाट जोगियो युभेन्टस

काठमाडौँ । युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा युभेन्टस र सेभिया बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा युभेन्टस र सेभिया १-१ गोलको बराबरीमा रोकिएका छन् ।

सेभियाले खेलको २६औं मिनेटमा योउसेफ नेसयरीले गरेको गोलमा शुरुवाती अग्रता लिएपनि युभेन्टसले खेलको ९७औं मिनेटमा फेडेरिक गाटीको गोलमा खेल बराबरी गरेको थियो ।

अब सेमिफाइनलको दोस्रो लिग सेभियाको घरेलु मैदानमा मे १९ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *