काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरी खेलेका छन् ।
रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल र सिटी १-१ गोलको बराबरी खेलेका हुन् ।
यस खेलमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ३६औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ६७औं मिनेटमा केभिन डी ब्रुनेले गोल गर्दै खेल बराबरी गरेका थिए ।
अब सेमिफाइनलको दोस्रो लिग मे १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ ।




