खेलकुद

अपि पावर कम्पनी लिमिटेड र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड बीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड बीच एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी संचालक संजिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट क्लबका अध्यक्ष टंकलाल राई बीच एक वर्षको लागि आज मिति २०८०/०१/२६ मा (मंगलबार) अपिपावर कम्पनी लिमिटेडको प्रधानकार्यलयमा सम्झौता सम्पन्न भएको हो ।

यसका साथै अब उप्रान्त यस क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने बताइएको छ ।

छोटो समयमा शहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाईमा पु¥याउन सफल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिलगर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको कार्यकारी संचालक संजिव न्यौपानेले जानकारी दिए ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत यस अपि पावर कम्पनी लिमिटेडको हालदुई वटा जलविद्युत र दुई वटा सौर्य आयोजना सहितपाँच वटा आयोजना संचालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ ।

नेपालको उर्जा क्षेत्रको प्रख्यात संस्था अपिपावर कमपनी लिमिटेडले देशमा प्रशस्तमात्रामा उपलब्ध पानी र नविकरणीय श्रोतको उपयोग गरी विद्युत उत्पादनगरि देशलाई उर्जामा आत्मनिर्भर बनाउने उदेश्य रहेको जनाइएको छ । राष्ट्रको एक जिम्मेवार संस्थाको नाताले सामाजिक रुपान्तरण, युवाश सक्तिकरण तथा खेलकुदको दिघो विकासमा अपिपावर कम्पनी लिमिटेडले विभिन्न कार्यक्रम तथा सहयोग गर्दै विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *