खेलकुद

मेसी पनि साउदी अरेबियामा जाने निश्चित !

काठमाडौँ । लियोनेल मेसी अन्तत: साउदी अरेबिया जाने निश्चित भएको छ । समाचार एजेन्सी एएफपीले मेसीले साउदी प्रो लिग क्लब अल हिलालको अफरलाई स्वीकार गरेको उल्लेख गरेको छ ।

अल हिलालले मेसीलाई ४०० मिलियन बार्षिक पारिश्रमिक दिने अफर यसअघि गरेको थियो ।

एएफपीले अल हिलालसँगको डिलमा सहभागीलाई उदृत गर्दै मेसी साउदी जाने निश्चित भएको दाबि गरेको छ ।

मेसी साउदी जाने निश्चित भएसँगै मेसी र क्रिस्टियानो रोनाल्डो फेरी २०१८ पछि एकै लिगमा हुने भएका छन् । साउदी अरबको पर्यटन दूत समेत रहेका मेसीलाई अल हिलालले अल नासरले रोनाल्डोलाई दिएको भन्दा दोब्बर पारिश्रमिक दिएर भित्र्याउने भएको हो ।    

यसअघि मेसीलाई पुन: भित्र्याउन बार्सिलोनाले प्रयास क्लबको आर्थिक संकटका कारण असफल भएपछि मेसीले साउदी रोजेको बताइएको छ ।

मेसीको पिएसजीमा आगामी जुनको अन्त्यसम्म मात्र सम्झौता रहेको छ र पिएसजीले मेसीसँगको सम्झौता नवीकरण नगर्ने भएको छ ।      

अब मेसी र रोनाल्डो एकै लिगमा भएपछि साउदी प्रो लिगका प्रतिद्वन्दी रहेका अल हिलाल र अल नासरको प्रतिद्वान्दिता झन् बढ्ने देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाका जोर्डी अल्बा र सर्जियो बस्क्वेट पनि साउदी प्रो लिगमा जाने तयारी गरेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *