खेलकुद

सातदोबाटोमाथि संकटाको जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार च्यासल मैदानमा सम्पन्न खेलमा संकटाले सातदोबाटोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरेका थिए । उनले खेलको १४औं र २६औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि संकटाको १६ खेलमा २० अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ । त्यसति सातदोबाटोले भने यो खेलमा हारसँगै दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । सातदोबाटोको १६ खेलमा २३ अंक रहेको छ र अहिले पाँचौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *