काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर अल खालीजसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा अल नासर अल खालीजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको चौथो मिनेटमा फाबिओ मार्टिन्सको गोलमा शुरुवाती अग्रता लिएको अल खालीजले खेलको १७औं मिनेटमा गोल खाएको थियो । अल नासरका लागि अल्भारो गोन्जालेजले अल नासरका लागि बराबरी गोल गरेका थिए । यस खेलमा अल नासरका लागि क्रिस्टियानो रोनाल्डो प्रभावहीन बनेका थिए । उनले गोल गर्ने केहि अवसर पाए पनि गोल गर्न असफल भएका थिए ।
यो बराबरीपछि अल नासरलाई उपाधिको दौडमा अझ पछि पर्ने देखिएको छ । अल नासरको २६ खेलमा ५७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।




