काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् ।
आज अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुदै छ ।
जारी लिगमा संकटा क्लबको १५ खेलमा १७ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ भने सातदोबाटो युथ क्लबको १५ खेलमा २३ अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै आज अपराहन्न ३ बजेदेखि नै दशरथ रंगशालामा थ्री स्टार क्लब र न्यूरोड टिम (एनआरटी) बीच खेल हुदै छ ।
जारी लिगमा थ्री स्टार क्लबको १५ खेलमा २४ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ भने एनआरटीको १५ खेलमा १७ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
त्यसैगरी आज साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुदै छ ।
जारी लिगमा जावलाखेल युथ क्लबको १५ खेलमा २४ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ भने हिमालयन शेर्पाको १५ खेलमा २० अंक रहेको छ र लिगमा आठौं स्थानमा रहेको छ ।




