खेलकुद

खुमलटारमाथि फ्रेन्ड्सको शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले खुमलटार क्लबलाई पराजित गरेको छ ।

सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने सन्तोष खत्रीले एक गोल गरेका थिए । अमिनुले खेलको चौथो र १६औं मिनेटमा गोल गरेका थिए भने खत्रीले खेलको ७८औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै खुमलटारका लागि मेसोउके ओलोमोउले खेलको ६७औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि फ्रेन्ड्स क्लबको १६ खेलमा १९ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । त्यस्तै खुमलटारको भने १६ खेलमा १७ अंक भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *