खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुदै छन् ।

आज च्यासल मैदानमा फ्रेन्ड्स क्लब र खुमलटार क्लबबीच खेल हुदै छ ।

जारी लिगमा फ्रेन्ड्स क्लबको १५ खेलमा १६ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ भने खुमलटारको १५ खेलमा १७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुदै छ । जारी लिगमा नेपाल पुलिस क्लबको १५ खेलमा १५ अंक छ र लिगमा पुछारमा रहेको छ । त्यस्तै मनाङ मर्स्याङ्दी क्लबको १५ खेलमा १९ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *