खेलकुद

इन्जुरी समयमा गोल गर्दै हारबाट बच्यो एपीएफ

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ र एनआरटीबीचको खेल बराबरीमा सकिएको छ ।

विहिबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफ र एनआरटी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

१-० गोल अन्तरले पछि रहेको अवस्थामा एपीएफले खेलको ९९औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो । एपीएफका लागि आडमा डोउम्बियाले गोल गरेका थिए । यस अघि खेलको ५७औ मिनेटमा लाल्नुनजामाको गोलमा शुरुवाती अग्रता लिएको एनआरटीले आफ्नो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो ।

यस खेलमा एनआरटीका गौरव श्रेष्ठले रातो कार्ड पाएका थिए । गौरवले खेलको ९० मिनेट पछिको इन्जुरी समय रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि एपीएफको १४ खेलमा १९ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै एनआरटीको १४ खेलमा १७ अंक भएको छ र लिगमा नवौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *