खेलकुद

न्यूजील्याण्डविरुद्धको सिरिजमा पाकिस्तान दुई खेल अघि नै विजयी

काठमाडौँ । पाकिस्तानले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज ३-० ले जितेको छ ।

जारी सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै पाकिस्तानले २ खेल अगाडी नै सिरिज जितेको हो ।

पाकिस्तानले दिएको २८८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४९.१ ओभरमा अल आउट हुदै २६१ रन बनाए सँगै पाकिस्तानले खेल २६ रनले जितेको थियो ।

यसअघि पाकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै २८७ रन बनाएको थियो ।

योसँगै ५ खेलको सिरिज पाकिस्तानले ३-० ले जितेको छ । अब सिरिजको चौथो खेल शुक्रबार कराचीमा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *